बुवाद्धारा छोरी र छोराद्धारा आमालाई बलात्कार, दुवै जना पक्राउ
2020/07/15, 1:32
 
rape

बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । पञ्चेश्वर गाउँपालिका ४ की ११ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवा पक्राउ परेका छन् । मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटक पटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए । छोरीको शरिरमा पनि निलडाम भएको र बेला बेलामा कराउँने र भागेर छिमेकीको शरणमा जाने समस्या देखिएको उनले बताए । 

बलात्कार गर्ने छोरीकी आमाको यस अघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । उनले श्रीमतीको मृत्यु भइसके पश्चात छोरीलाई मादकपदार्थ सेवन गरी पटक पटक जबरजस्ती गर्ने गरेको बताए । ती पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै पुर्चौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना छोरा पक्राउ परेका छन् । ३२ बर्षीय छोराले ६१ बर्षीय आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार घरमै जबरजस्तीकरणी गरिरहेको भन्ने थाहा पाएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्तीकरणी गरी नुवान नामक बिषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जैसीले बताए । आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई ईलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । दुबै घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।