तीन दिनमा मास्क नलगाउनेलाई कारबाही गर्दै प्रहरीले ७५ सय राजश्व उठायो
2020/07/16, 6:59

बैतडी प्रहरीले तीन दिनमा मास्क नलगाउनेलाई कारबाही गर्दै सात हजार पाँचसय राजश्व उठाएको छ। कोरोना भाईरस नियन्त्रणका लागि गृह मन्त्रालयले गरेको पत्राचार अनुसार बैतडीमा पनि प्रहरीले एक सातादेखि सम्झाएर पठाउँदै गरेको भए पनि सोमवारदेखि अटेरी गर्नेलाई जरीवाना गरेको छ।

सोमवार, मंगलवार र बुधवार गरी ७५ जनालार्ई कारबाही गर्दा सात हजार ५ सय राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए। यसैगरी तीन दिनको अवधिमा चार सय ७० जनालाई सम्झाएर पठाएको प्रहरी बताएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00