बैतडीका दुई घटनाः जसले मानव जातिकै शीर निहुरायो
2020/07/16, 8:28
 
rape

बैतडीमा बुधवार बाहिर आएका दुई वटा घटनाले समग्र मानव जातीकै शीर निहुराएको छ । एउटा घटना थियो, पुर्चौडीमा एक ३२ वर्षीय छोराले आफ्नै ६१ वर्षीया आमालाई बलत्कार गरी आत्महत्याको प्रयास गरेको अर्को घटना, आफ्नै नाबालक छोरीलाई वर्षौदेखि बलात्कार गर्दै आएका नर पिचास बुवा पक्राउ परेको ।

यी दुईटै घट्नाले बुवा र छोरा भन्ने नातालाई मात्र कलंकित गरेको छैन । समग्र मानव जातिको शीर निहुराएको छ । मानवकै नाममा कलंक हुन्, दुबै जना । जसले यस्तो कृत्य गरे । कल्पना गर्दा पनि पाप लाग्ने यस्तो जघन्य अपराध गरे । दुईटै घट्ना सुन्नै नसकिने घट्ना हुन् । अझ ११ वर्षीया छोरीलाई वर्षौदेखि बलात्कार गर्ने बुवा जस्तो नातालाई कलंकित गर्ने व्यक्ती पक्राउ भएको घट्नाले त सबैलाई स्तव्ध बनाएको छ । अझ उसले गरेको कृत्य त सुन्नै नसकिने खालका छन् ।

बैतडीको पञ्चेश्वरकी उनको उमेर ११ वर्ष पनि पुगेको छैन । नौ महिनाकी हुँदा उनलाई आमाले छोडेर गईन । आमाले घर छोडेर गएकी होईनन । आमालाई कुटेर घर छोड्न बाध्य गर्ने पनि त्यही बुवा हो । जसले त्यसपछि पनि दुईटा बिहा गरे । दुबै महिला पीडा खप्न नसकेर घर छोड्न बाध्य भए । 
बुवा जसको हातले आशिर्वाद दिनुपर्ने हो । त्यही हातले नाबालिक छोरीलाई हरेक दिन लुछिरह्यो । जसको काखमा एउटा छोरी आफूलाई सुरक्षित ठान्छ, त्यही काखमा नाबालिक छोरी लुटिईरहिन हरेक दिन । बाहिरबाट बुवा आउँदा हरेक छोरी कुद्धै बुवा भएतिर जान्छे । बुवाले ल्याएका सामान खोतेल्छिन । बुवाले बाधेको मुठ्ठि जोडबल गरी फुकालेर त्यहाँबाट चकलेट लिन पादा रमाउँछिन । त्यही हातले उसलाई अठ्याईरहयो । 

बुवा आउँदा हरेर साँझ उनी भाग्थिन । कति रात छिमेकमा काट्थिन । फेरि घर जानै पथ्र्यो । एक रात जोगिए पनि अर्को रात उनलाई जोगाउने न छिमेकी हुन्थे न उनको प्रतिवाद गर्ने क्षमता । उनी मानव जातीकै लागि कलंकित क्रुर बुवाको पञ्जाबाट उम्किन सक्थिनन् ।  विवश र लाचार भएर हरेक दिन व्यभिचारी बुवाको हवसको शिकार भईरहन । यो कुरा उनको छिमेकीलाई थाह नभएको होईन । छिमेकी पनि थाह पाएर वर्षौदेखि मौन बसिरहे । त्यो पापी बुवा, जो आफू घर बाहिर निस्किदा उनलाई घर भित्र थुनेर जान्थ्यो । जसले ११ वर्षको उमेरसम्म उनलाई विद्यालय जान दिएन । यस पटक भने त्यो अपराधीको पापको घडा भरियो । र पक्राउ प¥यो । त्यो पनि ती बालिका एक हप्तासम्म डरले गाउँकै दलित परिवारको घरमा लुकेर बसेपछि सबै कुरा खुलेको हो । ती बालिकाको बयानकै आधारमा प्रहरीले उनका बुवालाई पक्राउ गरेको हो ।

पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्ट ती बालिकालाई लिएर बुधवार जिल्ला प्रशासन कार्यालय बैतडी पुगिन । जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उनका पुरा कुरा सुन्नै सकेनन । त्यो अवोध बालिकाका कुरा सुन्दा उनलाई सही नसक्नु पीडा भयो । ती बालिकाको शरीरभरी निलडाम छन् । शरीर भरी चिथोरेका घाउहरु छन् । ती बालिकामाथि कहिलेदेखि बलत्कार भईरहयो, खुल्न सकेको छैन ।

किनकी त्यो भन्न सक्ने अवस्थामा ती बालिका नै छैनन । तर वर्षौदेखि आफ्नै छोरीमाथि बलात्कार जस्तो जघन्य र अत्यन्त घृणित कार्य गर्दै आएको खुलेको छ । ती बालिकाको कोही आफन्त छैनन । पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले कुनै व्यवस्था नभएसम्म ती बालिकालाई आफूसंगै आफ्नो घरमा  राख्ने बताएकी छन् । आफ्नै आमालाई बलात्कार गरी आत्महत्याको प्रयास गर्ने ३१ वर्षीय युवकसंगै छोरी बलात्कार गर्ने बुवा पनि बैतडी जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । दुवैमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।