पञ्चोदय उच्च माविका अध्यक्षमा चक्र बम निर्विरोध
2020/07/17, 5:40
 
panchoday

पञ्चोदय उच्च मावि धनगढी ५ हसनपुरको विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा चक्र बम निर्विरोध चयन भएका छन् । समितिको सदस्यमा भुमिराज जोशी, शंकरराज पाठक, गणेश उपाध्याय, चन्द्र मगराती, पार्वती चौधरी, शुसिला भट्ट र हरिषकुमार ओझा चयन भएका छन् ।

शुक्रबार एक कार्यक्रम बिच वडा नम्बर ५का वडा अध्यक्ष हिरासिह पातलीले अविरटिका लगाएर बधाई दिदै नवनिर्वाचित अध्यक्षलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष चयन भएकोमा बमले खुशी ब्यक्त गदै आफूलाई सर्वसहमती निर्विरोध चयन गर्ने सबैलाई धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष वमले विद्यालयलाई थप उचाईमा पुगाउन आफ्नो क्षेत्रबाट कुनै कसुर बाकी नराख्ने बताए । धालयको शैक्षिक गुणस्तर,भौतिक संरचना निर्माणका लगायत बिधालयलाई नमुना बिधालय बनाउनमा आफनो सकारात्मक पहल रहने उनले बताए ।

उक्त बिधालयमा प्राबिधिक शिक्षा, मन्टेश्वरी पद्धतीबाट सिकाइ, कक्षा १ देखी १२ कक्षा सम्म बिधालयले पठनपाठन गरिरहेको छ ।