
साउदीबाट धनगढी फर्किएका एक युवकमा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा आज भएको परीक्षणमा उप–महानगरपालिकाको वडा नम्वर ३ का २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनी जुलाई ६ तारिखमा साउदी अरबबाट काठमाडौँ पुगेका थिए भने ८ तारिखमा धनगढी पुगेका थिए । उनीसंगै सुदूरपश्चिमका १७ जना आएका थिए ।
‘साउदीमा पनि आरडिटी परीक्षण गरेको थिए, नेगेटिभ देखाएको थियो,’ उनले भने, ‘धनगढी पुगेपछि आरडिटी र पीसीआर दुवै विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखाएको छ ।’ अहिले घरमै सुरक्षित भएर बसेको उनले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08