बुवाद्वारा दुई छोरीमाथि गरिएको बलात्कारको घटना छानबिनको माग
2020/07/19, 8:48
 
rape

कैलालीमा आफ्नै बुवाले दुई किशोरीमाथि बलात्कार गरेको घटनाको छानविन गर्न माग गरिएको छ । घटनाको सत्यतथ्य छानविनको माग गर्दै नगर बाल सञ्जाल धनगढीले दोषीलाई कारवाहीको माग गरेको हो । सञ्जालले विज्ञप्ती जारी गर्दै प्रहरीले संरक्षक नभएको भन्दै मुद्धा दर्ता नगरेको र दोषी हालसम्म फरार रहेको भन्दै इलाका प्रहरी कार्यालय सुखडप्रति निन्दा समेत गरेको छ । 

‘पिडीत किशोरीलाई उचित न्याय, क्षतिपुर्ति, स्वास्थ्य परीक्षण, उनको सामाजिक सुरक्षा, मनोवैज्ञानिक परामर्श र उनको सम्मानमा विशेष ध्यान दिन सम्बन्धित निकाय समक्ष अनुरोध गर्दछौं ।’–जारी विज्ञीप्तमा भनिएको छ । घोडाघोडी नगरपालिकाका दुई किशोरीमाथि बुवाले १४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

ती व्यक्ती अहिले फरार रहेको प्रहरीले जनाएको छ । पिडित बालिकाहरुकी आमा केही वर्षदेखि वैदेशिक रोजगारीमा रहेकाले अहिले दुवै बालिकाको तर्फबाट संरक्षक बस्ने केही नभएपछि दुवै बालिकालाई ओरेक नेपालको जिम्मा लगाईएको प्रहरीले बताएको छ । ओरेक नेपालकी जिल्ला संयोजक बिनु रानाले भने बुवा विरुद्ध आइतबार मुद्धा दर्ताको प्रक्रिया थालेकोे जानकारी दिएकी छन् ।