अदालतबाट रिहा भएका विप्लव निकट क्रान्तिकारीका तीन जना नेता फेरी पक्राउ
2020/07/20, 8:44

जिल्ला अदालत कैलालीबाट रिहा भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता फेरी पक्राउ परेका छन् । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारीका विद्यार्थी नेता बबरजंग सिह, सुवास जोशी र प्रकाश रावललाई फेरी पुनः पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत कैलालीले २५ दिनमा साधारण तारेखमा छोडेको थियो ।

पक्राउ परेका नेता सिंहले भने, ‘गत असार १३ गते पक्राउ गरिएको हो । सुरुमा सार्वजनिक मुद्दा लगाइएको थियो । पुनः चन्दा संकलनको मुद्दा लगाईयो । यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले अदालतबाट रिहा भएका विद्यार्थी नेतालाई पक्राउ गरिएको जानकारी भएपनि कुन मुद्दा हो भन्ने विषय नखुलेको बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56