धनगढीमा चार वटा मन्त्रालय नजिकै बम फेला, सेनाको टोली पुग्दै
2020/07/21, 6:38
 
01

सुदुरपश्चिम सरकारका तीन वटा मन्त्रालय नजिकै बम फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने बाटोको अगाडी बम फेला परेको छ ।

1

धनगढी स्थित मुख्य सडक नजिकै रहेका दुवै मन्त्रालय जाने बाटोमा कुकर बम जस्तै देखिने बस्तु फेला परेको हो । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको पार्कमोडमा पनि बम फेला परेको छ । त्यसैगरी सामाजिक मन्त्रालय नजिकै पनि पनि बम फेला परेको प्रहरीले जनाएको छ । 

4

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बम जस्तै देखिने शंकास्पद बस्तुहरु सुदुरपश्चिम सरकारका चार मन्त्रालय नजिकै फेला परेको बताए । उनका अनुसार डिस्पोजका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिरहेको छ । 

2

उता कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो ।

घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको अबस्थामा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए । आगलागीबाट गाडीको पछाडि पट्टिको भाग जलेको छ । आगलागी कस्ले ग¥यो भन्ने विषयमा केही खुलेको छैन् ।