डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाले १० लाख सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिनका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाले १० लाख सहयोग गरेको हो ।
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम समाज दक्षिण कोरियाका तर्फबाट संकलित १० लाखको चेक समाजका कोषाध्यक्ष डिल्लीराज पनेरुले ह्युमानिटी फाउण्डेसनका उपाध्यक्ष पुष्कर ओझालाई हस्तान्तरण गरे । उपाध्यक्ष ओझाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज कोरियाबाट भएको सहयोग र सहकार्यको उच्च प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै समाजका कोषाध्यक्ष पनेरुले ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा पीसीआर स्थापनाका लागि खेलेको भूमिकाको प्रशंसा गरे । उनले समाजले सुदूरपश्चिम विपत्ति तथा समस्यामा राहत तथा सहयोग प्रदान गर्नुका साथै आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुलाई समेत सहयोग गरेको जानकारी दिए ।
समाजका अध्यक्ष बीरबहादुर पालको अध्यक्षमा बसेको बैठकले पीसीआर मेसिन स्थापनाका लागि डाक्टर अग्निराज कोईरालाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो । सोही समितिले १० लाख रुपैया संकलन गरेको थियो । यो रकम सुदूरपश्चिम समाज दक्षिण कोरिया पूर्व प्रतिबद्धता अनुसार मंगलबार हस्तान्तरण गरेको हो ।
डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा पीसीआर मेसिन स्थापना भइसकेको छ । फाउण्डेसनले पीसीआर मेसिनका लागि आर्थिक संकलन अभियान पीसीआर मेसिन स्थापनापछि बन्द गरिसकेको छ । यदपि प्रतिबद्धता अनुसारको रकम भने आउनेक्रम जारी रहेको फाण्डेसनले जनाएको छ ।
यी हुन सुदूरपश्चिम समाज दक्षिण कोरियालाई १० लाख सहयोग गर्ने १५६ जना सहयोगीहरुः