
धनगढीमा तीन वटा मोटरसाईकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाईते भएका छन् । निर्माणाधीन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको सहिद गेट नजिकै तीन वटा मोटरसाईकल ठोक्किदा तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।

से ५ प ९०१७, से ५प ८३१४ र से १ च ८००२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा धनगढी उपमहानगरपालिका ६ का २४ वर्षीय विवेक राना, उनकी श्रीमती २२ वर्षीया निरमाया राना र धनगढी २ का रामसिह सिकेन घाईते भएका हुन् ।
उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । से १ च ८००२ नम्बरको मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56