
कैलालीमा कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका ९६ जनाको परिक्षण गरिएको छ । ती सवै परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बर्दियाकी कोरोना संक्रमित ११ बषीय बालिकाको सम्पर्कमा आएका गोदावरी नगरपालिका वडा नम्वर ८ मजगाउँका ९६ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो । मजगाउँबाटै थप ३८ जनाको समेत थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा परीक्षण बाँकी रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।
मजगाउँबाट दुई दिनमा एक सय ३४ जनाको नमुना संकलन गरिएको थियो । बर्दियाको राजापुर नगरपालिका–५ घर भएकी बालिकामा सोमवार कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । ती बालिका कैलालीको गोदावरी नगरपालिकामा एक महिना बढी समय र भजनी नगरपालिकामा एक साता बसेर बर्दिया गएकी थिईन् ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20