
कञ्चनपुर र कैलालीमा बसोवास गर्दै आएका रानाथारु समुदायका महिलाहरुले बिहिबार महत्वपूर्ण पर्व तीज मनाईरहँदा यसले रौनकता थपेको छ । हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् ।

रानाथारु समुदायले तीजलाई दिदी बहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् । रानाथारु गाँउमा तीज पर्वको आगमन संगै दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ्ग राख्ने चलन समेत रहेको छ भने दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गीतहरु गाउने गर्दछन् ।
पिङ्गलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । दिदी बहिनीले पानी समेत नपिएर निराहार ब्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56