
कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा तीनजना घाईते भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ मा भित्रि सडक खण्डमा म २प ९७२० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा तीनजना घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले दुर्घटनामा परी शुक्लाफाँटा नगरपालिका ७ का अन्दाजी २२ वर्षीय चालक कैलाश कार्की, सोही ठाउँका २० वर्षीय गणेश साउँद र वडा नम्बर ६ का सुरज राना रहेको बताए।
उनका अनुसार घाईतेद्धय कार्की र साउँदको टाउकोमा चोट लागेको छ भने उनीहरुको अवस्था गम्भीर रहेको छ।

दुवैजनाको धनगढीमा उपचार भईरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56