
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा १३ दिनपछि फेरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडीमा शनिबार फेरि तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए ।

बैतडीमा असार २९ गतेपछि कुनै पनि व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । शनिबार कोरोना भेटिनु अघिसम्म बैतडीमा कोरोना पुष्टि भएका सवै एक सय ९६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । कोरोना पुष्टि भएकाहरुमा पाटन नगरपालिकाका एक पुरुष र सुर्नया गाउँपालिकाका दुई पुरुष रहेको सूचना अधिकारी जोशीले बताए ।
बैतडीका विभिन्न पालिकाबाट १ सय ९६ जनाको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि डडेल्धुरा प्रयोगशाला र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएकोमा अझै केहीको नतिजा आउन भने बाँकी रहेको उनले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56