
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो ।

थप थपिएका मध्ये सबैभन्दा बढि अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुष गरी १४ जना, बाजुराको खप्तडछेडेदहका १ का दुई महिला र वडा नम्बर ६ का ११ वर्षीय बालक रहेको सूचना अधिकारी श्रेष्ठले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56