
दार्चुलाको महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको शव भेटिएको छ। जिल्लाको नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्नाको शव लास्कुगाड खोला किनारामा फेला परेको हो।

आइतबार साझ पहिरो गएको स्थानभन्दा झण्डै दुई किलोमिटर बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए। शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा ठगुन्ना पहिरोमा पुरिएका थिए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/06/30, 2:09
2022/03/05, 12:13
2022/10/01, 2:07