
सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ। बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर २ घर भई हाल भारतको बेङलोरमा बस्दै आएका झण्डै ५० बर्षीय पुरुषको मृत्यु भएको हो।

परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको सोमवार मृत्यु भएको हो। उनी मृगौलाका समेत बिरामी थिए भने केही दिन अघि मात्रै कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो। मृतकका दुई छोरा र दुई छोरी छन्। उनी परिवारसहित भारतमा बस्दै आएका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07