
दुहु गाउँपालिका वडा नं ३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजे तिर घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र श्रीमती ४५ वर्षीया रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । सो पहिरो मा परि १ भैंसी र ४ बाख्रा पनि पुरीएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/21, 6:59
2021/07/20, 10:19
2022/04/06, 11:16
2023/01/03, 12:47