
बुढिगंगा नगरपालिकाको नजिकै रहेको गुइगाड खोलामा बाढी आउँदा बुढिगंगा नदी थुनिएको छ। सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै खोलामा आएको बाढीले नदी थुनिएको स्थानीय बताए।

गुइगाड खोला बढेपछि बुढिगंगा नदी ७५ प्रतिशतभन्दा बढी थुनिएको स्थानीय भरत बुढाले बताए। नदी थुनिन थालेपछि बाजुरा जिल्लाका बुढीगंगा, त्रिबेणी नगरपालिकाकालगायत अछाम जिल्लाका साँफेबगर नगरपालिकाका दर्जनौं बस्ती डुबानको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक टंकप्रशाद भट्टराईले बताए ।
नदी थुनिएपछि बाजुरा र अछामका दर्जनौ बस्ती तथा सयौं रोपनी खेतियोग्य जमिन बगर बन्ने प्रहरी प्रमुख भट्टराईले बताए। नदी थुनियपछि बाजुरा र अछामको साँफेबगरसम्मका स्थानीयलाई सचेत रहन जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56