लगातारको अबिरल बर्षापछि बाजुरा जोड्ने मार्तडी साँफे सडक खण्डमा पहिरो अउँदा पुनः यातायात अवरुद्ध भएको छ । सदरमुकाम जोड्ने साँफे मार्तडी सडक अन्र्तगत बार्जुगाड प्रहरी चौकी नजिकै मंगलबार पहिरो खसेको हो ।
सोमबार राति देखी आएको अबिरल बर्षाका कारण मंगलबार बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए । उनका अनुसार सडक माथी रहेको भीर खसेपछि सडक अवरुद्ध बनेको हो । पहिरो पञ्छाउन कम्तीमा पनि तीन दिन लाग्न सक्ने प्रहरी नायब उपरिक्षक भट्टराईले बताए ।
लगातारको बर्षाका अबरुद्ध भएको साँफे मार्तडी सडक खण्ड सोमबार आंसिक रुपमा सञ्चालनमा आएको थियो । साउन ३ गतेसम्म बुढीगंगा नगरपालिका २ को बल्देसम्म यातायता संचालनमा थिए । चार गते ताँप्रीसेराको घट्टे खोलाको पक्की पुल नै बगाएपछि ताप्रीसेरासम्मको यातायात पनि बन्द भएको भट्टराईले बताए ।