लकडाउनमा मजदुरको वेहाल, कतैबाट राहत पाएनन्
2020/05/16, 9:22
 
korona

सरकारले जारी गरेको लकडाउनका कारण मजदुर वर्गको वेहाल भएको छ । दिनहुँ ज्यालादारी गरि खाने गरीब मजदुर वर्गलाई खाद्यान्नको अभाव भएको छ । उनीहरु भोकभोकै बस्न बाध्य छन् । 

कञ्चनपुुरको बेलोरी नगरपालिका–६ स्थित रिचाहा वस्तीमा बसोबास गर्ने विपन्न समुदाय राहतको पर्खाइमा छन् । नगर क्षेत्रमा रहेका अन्य विपन्न परिवारलाई नगरपालिकाले राहात दिएको भएपनि रिचाहाका विपन्न परिवार राहत नपाएर समस्यामा परेका छन् । आफू जस्तै अरु विपन्न परिवारले राहात पाएको भएपनि राहत माग्न जाँदा आफ्नो कुरा जनप्रतिनिधिले नसुनेको उनीहरुको गुनासो छ । लकडाउनका कारण आफ्नो रोजगारी नै गुमेको रिचाहका स्थानीय विष्णु सुनारले बताए । 

राहत वितरण गरेको बेला आफुलाई थाहा नभएको र नाम संकलन गर्न पनि कसैले खवर नगरेको अर्का स्थानीय जीतबहादुर चौधरीको गुनासो छ । परिवारमा पनि आफ्नो दुईटा छोरी अपाङ्ग भएका हुँदा पनि आफुलाई लकडाउनका बेला खान लाउन झनै समस्या भएको उनको भनाई छ । बेलौरी नगरपालिकाका नगर प्रवक्ता विनोद नेपालीले भने नगर भरीका विपन्न परिवारका लागि एक चरणको राहत प्याकेज वितरण गरिसकेको जनाएको छ । नगरपालिकाले पहिलो चरणमा छुटेका विपन्न परिवारलाई राहत प्रदान गर्न डाटा संकलन गर्ने कार्य भइरहेको जनाएको छ