
कैलालीको क्वारेन्टिनमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ४ को सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा गत असारमा सर्पले टोकेका २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा भेन्टिलेटरमा राखेर उपचार गराईरहेका युवकको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । युवकलाई गत असार १२ गते राती सर्पले टोकेको थियो ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको थियो । सेतीमा भेन्टिलेटर खाली नभएकाले नेपालगञ्ज पठाएकोमा त्यहाँ पनि उनले दोस्रो दिन मात्र भेन्टिलेटर सेवा पाएका थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11