
बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । मङ्गलवार गएको पहिरोमा बेपत्ता भएका स्थानीय २२ वर्षीय धर्मराज पाध्याको शव शुक्रबार बिहान फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए । साँफे मार्तडी सडक खण्डमा पर्ने अम्कोटमा पहिरोमा पुरिएर उनी बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएदेखि नै पाध्याको नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका थिए । सोही पहिरोमा परी स्थानीय हरेन्द्र पाध्याय र ज्ञानराज पाध्याय घाइते भएका थिए । उनीहरु दुबै जना निको भएर घर फर्किएका सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27