
पश्चिम सेतीको माग गर्दै डोटीमा वृक्षारोपण अभियान चलाइएको छ। बोलन्या थलीले डोटीको दिपायल सिलगाढी नगरपालिका –२ को हली खोलाबाट अभियानको आरम्भ गरेको छ।

वृक्षारोपणका लागि भूसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय डोटीले विरुवाहरु उपलब्ध गराएको हो। अभियान सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरुमा ७५० विरुवाका दरले ६६ हजार विरुवा वृक्षारोपान गरिने थलीका संयोजक यादव जोशीले बताए।

७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना छिटो निर्माण गर्न बोलन्या थलीले विभिन्न रचनात्मक आन्दोलन गर्दै आइरहेको छ। यसअघि बोलन्या थलीले पश्चिम सेतीको माग राख्दै काठमाडौको माईतीघरमा कचौरा आन्दोलन, संसदहरुको साझा सार, सडक–संगीत र संघर्ष, प्रधानमन्त्रीलाई १ लाख पत्र, दिपायलको पुलमा ७५० टुकी आन्दोलन आदि सम्पन्न गरिसकेको छ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/16, 7:18
2021/08/17, 1:30
2022/06/02, 4:18
2023/08/17, 1:14