कञ्चनपुरमा हतियारसहित भारतीय एसएसबी प्रवेश, स्थानीयको विरोधपछि फिर्ता
2020/07/31, 4:00
फेरि हतियारसहित भारतीय एसएसबी प्रवेश गरेको छ। जिल्लाको बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा तेस्रो पटक भारतीय एसएसबी नेपाल प्रवेश गरेका हुन। ३८ नम्बर पिल्लरसहितको करिब १२ सय मिटर नेपाली भुभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै उनीहरु बिहीबार साँझ नेपाल प्रवेश गरेका हुन। हुलाकी सडक निर्माण कार्यमा अवरोध गर्न भारतीय एसएसबीका डिपुटी कमाण्डरसहितको टोली सीमाभित्र प्रवेश गरेको थियो। सडक निर्माण कार्यमा भारतीय पक्षले बारम्बार अवरोध सिर्जना गर्दै आएको भन्दै त्यहाँका स्थानीय विरोधमा उत्रिएका थिए। नेपालका तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट समेतको टोली त्यहाँ पुगेको थियो। आक्रोशित स्थानीयहरु सबै एकजुट भएर जादा एसएसबीको टोली त्यहाँबाट फर्किएको थियो।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/18, 12:35
2021/01/27, 4:51
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/04/28, 1:30