
शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका- १३ को वडालाई सिल गरिएको छ । वडा कार्यालयले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १२ बजेदेखि एक साताका लागि सिल गर्ने जनाएको छ।

भीनपा–१३ का अध्यक्ष लालबहादुर शाहीले अत्यावश्यक सेवाबाहेक वडामा सबै सेवा बन्द गरिएको बताए । पछिल्लो पटक वडामा ६ जनामा कोरोना संक्रमण देखिएपछि वडालाई सिल गरिएको हो ।
अध्यक्ष शाहीका अनुसार संक्रमण देखिएका सबैका घर पूर्ण रुपमा सिल गरिएको छ । यसैगरी बजार व्यवसाय बन्द गरिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27