दुर्घटनामा घाईते प्रदेश सभा सदस्य थापालाई काठमाडौं लगियो, न्युरो अस्पतालमा उपचार हुदैं
2020/08/02, 12:23

सडक दुर्घटनामा घाइते भएकी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बि थापालाई काठमाडौँ लगिएको छ । उनलाई राती सेनाको स्काई ट्रक मार्फत काठमाडौं लगिएको हो । शनिबार धनगढी उप–महानगरपालिका वडा नम्बर ८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएकी हुन् ।

घाईते भएकी प्रदेश सभा सदस्य थापालाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । सेतीले धनगढीकै माया मेट्रो अस्पतालमा सिटी स्क्यानका लागि पठाएको थियो । उनको टाउकोमा चोट देखिएपछि थप उपचारका लागि काठमाडौँको अन्नपुर्ण न्युरो अस्पताल रेफर गरिएको हो ।

धनगढी बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । प्रदेशसभा सदस्य थापा कांग्रेस अछाम जिल्लाको क्षेत्रनम्बर २ को क बाट प्रतिनिधित्व गर्छिन् ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37