
लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेपछि डडेलधुरास्थित प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा परेको छ । बिष्णुको छैटौं अवतार पर्शुरामले हजारौं वर्ष यस स्थानमा तपस्या गरेको धार्मिक स्थलको रुपमा लिइन्छ ।

महाकाली नदीमा पानीको बहाब बढदै गएपछि यो क्षेत्र बाढीको चपेटामा परेको हो । सुदूरपश्चिमका पहाडी भूभागमा परिरहेको लगातारको बर्षातबाट दार्चुलाबाट बगेर आउने महाकाली नदीमा पानीको जलस्तर बढ्दा जनजीवन मात्र नभई पर्शुरामधाम पनि जोखिममा परेको हो ।
भित्रि मधेशको मुख्य बसोबास रहेको महाकाली र रंगुन नदी आसपासको क्षेत्र उच्च जोखिममा रहेको छ । व्यवस्थित तटबन्धको काम भए पनि महाकाली दुई देशिय सिमा नदी भएकोले बाढी नियन्त्रण गर्ने कुनै ठोस काम हुन नसक्दा बर्षेनी प्रभावित हुँदै आएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54