
धनगढी उप–महानगरपालिकालाई साढे तीन लाखको स्वास्थ्य सामग्री सहयोग गरिएको छ। हाम्रो सानो प्रयास नेपालले उप–महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो।

नेपालले कोरोना भाइरस (कोभिड–१९) संग लड्न पिपिई सेट २० वटा, ७० वटा प्याड, तुथपेस्ट चार सय, मास्क तीन सय ५०, साबुन दुई सय ७० पिस, झुल दुई सय १०, ब्रस चार सय हस्तान्तरण गरेको हो।
संस्थाका तर्फबाट पुकार बमले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। संस्थाले बाढी प्रभावित भजनी नगरपालिकालाई समेत स्वास्थ्य सामग्री सहयोग गर्ने बताएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55