
जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । दार्चुलाको व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको थियो ।

श्वास फेर्न गाह्रो भएको र ज्वरो आइरहेको भन्दै उनी आइतबार अस्पतालमा भर्ना भएका थिए । उनको सोमबार राति १ बजे मृत्यु भएको थियो । ‘मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो’ प्रमुख जिल्ला अधिकारी शरद कुमार पोख्रेलले भने ‘भर्खरै उनको रिर्पाेट नेगेटिभ आएको छ। ’
मृतक युवकको कोरोना रिर्पाेट नेगेटिभ आएपछि उनको शव परिवारलाई बुझाउने तयारी भइरहेको उनले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/06/30, 2:09
2022/03/05, 12:13
2022/10/01, 2:07