
गौरीफन्टा नाकाबाट थप दुई सय ७६ नेपालीहरुको उद्धार गरिएको छ । भारतीय क्वारेन्टाईनमा रहेका र सीमा क्षेत्रमा अलपत्र परेका थप नेपालीहरुको उद्धार शनिवार गरिएको हो ।

भारतको रामपुर क्वारेन्टाईनमा रहेका ९२ जना तथा अन्य स्थानका क्वारेन्टाईनमा राखिएका गरी २ सय ७६ नेपालीको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । एक सय ६ जनालाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकोछ ।
शुक्रवार पनि सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका तीन सय ८५ जना नेपालीको उद्धार गरिएको थियो । उनीहरु मध्ये तीन सय २४ जनाको सीमा क्षेत्रमै यापिड टेस्ट गरिएको थियो भने बाँकी ६१ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/02/05, 12:33