
कैलालीको कैलारी गाउँपालिकामा अर्को सूचना जारी नहुञ्जेसम्मका लागि लकडाउन गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी समेतमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकामा लकडाउन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए । सो गाउँपालिकाको क्वारेन्टिनमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित विद्यालयको चौकीदार र क्वारेन्टिनमा खाना पकाउने व्यक्तीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
लकडाउन अवधिभरि गाउँपालिकामा बजार, सवारी साधन सञ्चालन लगायत सबै बन्द रहने गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । उनले लकडाउन कडाइका साथ लागु गर्ने बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55