लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ
2020/05/16, 11:17
 
Lagu

धनगढीमा लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा सामुदायिक सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक भानबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्रा प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ पर्ने वडा नम्बर ६ का सुरज चौधरी र ११ का अर्जुन चौधरी रहेको जानकारी दिए।

पक्राउ परेका सुरजकै घरमा लागु औषधको कारोबार भईरहेको सूचनाका आधारमा प्रहरी उनको घरको कोठा खानतलासी गर्दा बाकसमा लुकाएको अवस्थामा ब्राउन सुगर भेटाएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। बाकसमुनी कालो टेपले बेरी कागज भित्र लुकाई राखेको अबस्थामा पाँच वटा पोका ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।