डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएका ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ
2020/08/05, 3:51

पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएकामध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो।

कूल ४ सय ९ जनाको स्वाब परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजेटिभ र ३ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।
तर ती पोजेटिभ आएका संक्रमित कुन जिल्ला र कुन स्थानीय तहका हुन भनेर अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन। उक्त जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहिबेरमा आफ्नो प्रेस ब्रिफिङमार्फत दिने छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55