गौरीफन्टा नाकाबाट दुई दिनमा ७५५ जनाको उद्धार
2020/05/17, 7:45
 
naka

गौरीफन्टा नाकाबाट दुई दिनमा ७५५ जनाको उद्धार गरिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट पहिलो दिन तीन सय ८१ र दोस्रो दिन तीन सय ७४ नेपालीको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा सीमापारी भारतीय क्वारेन्टाईनमा राखिएकाहरुको दुई दिनमा उद्धार गरी स्वदेश फकाईएको हो । यसअघि शुक्रबार पनि कैलाली प्रशासनको समन्वयमा सीमावर्ती भारतीय क्षेत्रमा झण्डै डेढ महिनादेखि राखिएका  तीन सय ८१ नेपालीको उद्धार गरिएको थियो । सीमानाका बन्द नै भएपनि लामो समयदेखि सीमावर्ती क्षेत्रमा रोकिएकाहरुको उद्धार गरिएको हो ।

कैलाली कञ्चनपुर सहितका विभिन्न जिल्लाका उनीहरुलाई उद्धार गरी सम्वन्धित ठाउँ पठाईएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । सीमाना कामा सबैको आरडीटी परीक्षणपछि उनीहरुलाई अबेर राती बस मार्फत सम्बन्धित जिल्ला पठाईएको हो । 

जिल्ला प्रशासन कार्यालय कैलालीले आजदेखि भने उद्दारको काम बन्द भएको जनाएको छ । तत्काल नाका नखुलेकाले सम्बन्धित क्षेत्रमै बस्न समेत अपिल गरिएको छ ।