कैलालीका अधिकांश विस्थापित घर फर्किए, बाढीको घाउ उस्तै
2020/08/05, 11:35
 
badi

करन बानिया-  एक साताअघि आएको बाढी र डुवानबाट विस्थापित कैलालीको टीकापुर र भजनीका अधिकांश बासिन्दा घर फर्किएका छन् । बाढीबाट विस्थापित भएपछि भजनी–टीकापुर जोड्ने हुलाकी सडकमा बस्दै आएका अधिकांश बाढी विस्थापितहरु घर फर्किएका हुन् । यतिबेला करीव १५ परिवार मात्र सडकमा पालमा आश्रय लिएर बसेका छन् ।

घर फर्केकाहरुलाई बाढी र डुबानले खाद्यान्न बगाएका कारण छाकटार्न समस्या भएको छ । बाढीले डुबान क्षेत्रका बस्तीका अधिकांश घरहरुमा क्षति पु¥याएका कारण स्थानीयलाई घरभित्र बस्न समेत समस्या भएको छ । एक साता लामो डुबानमा परेका कारण धान कुहिएका कारण बस्ती नै दुर्गन्धित भएको छ ।

बाढीले भजनी–टीकापुर जोड्ने हुलाकी सडकको अधिकांश ठाउँमा क्षति पुगेका कारण आवागमन समेत अवरुद्ध भएको छ । बाढीले हुलाकी सडकको कतिपय भाग पुरै बगाएको छ । टीकापुर र भजनीका होचो भाग अझै डुवानमै छन् । डुबानका कारण सयौ बिगाहाको धानबाली नष्ट भएको छ ।