
कञ्चनपुरमा युवतीसहित पाँच युवा पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका –१२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ परेका हुन।

विद्यालयको पर्खाल नाघेर उनीहरुले विद्यालयभित्र लागूपदार्थ सेवन गरिरहेका बेला पक्राउ परेको बताइएको छ। समूहकी युवतीले आफूसँग रहेका ४ थान लाइटर, चुरोटको बट्टा र प्लास्टिकमा रहेको ब्राउनसुगर भुईमा फालेर भागेकी थिइन्।
उनलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए। पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11