दार्चुलाको व्यासका वडाध्यक्षले विपन्न २३ परिवारको एक वर्षको विद्युत महसुल तिरिदिने
2020/08/08, 4:51

दार्चुलाको व्याँस गाउँपालिका–२ का वडा अध्यक्ष धिरेन्द्र सिंह बुढाथोकीले वडाका विपन्न परिवारको एक वर्षको विद्युत महसुल तिरिदिने भएका छन । शनिवार भएको त्रिपक्षीय सहमति अनुसार वडाका विपन्न २३ परिवारको विद्युत महसुल बुढाथोकीले तिरिदिने भएका हुन् ।

वडा नम्बर २ का स्थानियहरु दुम्लिङ लघु जलविद्युतको विजुली उपभोग गर्दै आइरहेका छन् । साउन महिनादेखि लागु हुने गरि एक वर्ष सम्मको सम्पूर्ण महसुल आफैले तिर्ने उनले बताए । “मासिक ३ हजार ३ सय ७० रुपैयाँ पर्न आउने विद्युत महशुल म आफै तिर्छु,“ उनले भने ।
विपन्न परिवारको आर्थिक सहजताको लागि आफ्नो व्यक्तिगत खर्चबाट उनीहरुको एक वर्षको महसुल तिरिदिने बुढाथोकीले बताए । बुढाथोकी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06