माया मेट्रो अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना देखिएपछि ६ स्वास्थ्यकर्मी आईशोलेशनमा वसेका छन् । ती महिलाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको भएपनि कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइशोलेशनमा भर्ना गरिएको माया मेट्रो अस्पतालका डाक्टर मोहन साउँद जानकारी दिए ।
माया मेट्रो अस्पतालका उपचारमा संलग्न ६ जना स्वास्थ्यकर्मी पनि आइशोलेशनमा बसेका छन् । बैतडीकी एक गर्भवतीमा कोरोना पुष्टि भएको थियो । पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/10/04, 12:26
2021/11/10, 6:31