
कञ्चनपुरमा कुटपिट गरी श्रमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। जिल्लाका बेल्डाँडी गाउँपालिका वडा नम्बर २ को चन्दन बस्तीमा अन्दाजी २७ वर्षीया दुरा धामीको हत्या आरोपमा उनका श्रीमान ३६ वर्षीय तारा धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले धामीले कुटपिट गरी श्रीमतीको हत्या गरेको भन्ने किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेको जानकारी दिए। घटनाका बारेमा अनुसन्धान भईरहेको छ। मृतक दुराको शव भने महाकाली अस्पतालमा राखिएको छ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/28, 8:00
2021/06/05, 11:30
2022/01/19, 12:27
2023/02/06, 1:36