
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा पर्ने बतासे झर्ना लगायतका पर्यटकीय क्षेत्रहरुमा जान रोक लगाएको छ। वडा कार्यालयले सोमबार सूचना जारी गर्दै बतासे झर्ना, मणिका धाम, मणिका ताल, थारु संग्रहालय, सुनदेवी ताल लगायत सम्पूर्ण पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रहरुमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाएको जनाएको छ।

जङ्गली हात्तीबाट हुन सक्ने सम्भावित मानवीय क्षति रोक्न र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोक लगाइएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर नम्बर ८ का वडा अध्यक्ष बहादुर सिंह महाराले बताए। लकडाउन हटेसगै कञ्चनपुरको बतासे झर्ना लगायतका क्षेत्रहरुमा ठूलो भीड लाग्ने गरेको थियो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54