
बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। कुटपिटपछि फरार रहेका जिल्लाको पुर्चौडी नगरपालिका ३ का २४ बर्षीय मोहन कुँवर र २१ बर्षीय विरेन्द्र कुँवरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

पुर्चौडीको न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट र ३१ बर्षीया कार्यालय सहयोगी बिमला कुँवरमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
घरबाटै पक्राउ गरिएका उनीहरुमाथी अनुसन्धान हुने र आवश्यक देखिए मुद्धा चलाउने प्रहरीले जनाएको छ। आइतबार स्वास्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकहरुले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएकी थिइन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11