
डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँजककनीमा घर भत्किएर स्थानीय लोके लुहारकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

लुहारकी ३५ बर्षकी श्रीमती विष्णा, ११ बर्षका छोरा पारस, ७ बर्षकी छोरी सिरु र ४ बर्षकी छोरी जेनिषाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए।
उनीहरुको स्वास्थ्य चौकी बाझककानीमा उपचारका भइरहेको प्रहरी निरिक्षक बोहराले बताए। उनका अनुसार घर भत्किएपछि अन्य ५ जना घाईते भएका छन्।

‘राति एक बजेको घटना हो,’ उनले भने, ‘हामीलाई ३ बजे मात्रै जानकारी भयो। साढे ३ बजे टोली पुगेको थियो।’ घर भत्किएपछि चौपाया पनि मरेका छन्।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/06/30, 2:09
2022/03/05, 12:13
2022/10/01, 2:07