
स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो।

स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पतालहुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो। त्यहाँबाट पनि रेफर भएपछि बुधबार कोहलपुर लग्दै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका फुपाजु शंकरदत्त भट्टले बताए।
मृतक पुजाका बुवा रोजगारीको शिलशिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुर बुवाले धनगढी पुगाएका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40