
कर्णाली नदी कटानका कारण तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका छन्। लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछितटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका हुन्। नदीमा पानीको बहाब बढ्दै जाँदा करीब ५०० मिटर तटबन्ध भत्किने खतरा बढेको छ।

बाँध कटान गरिरहेका कारण करिब ६५ घर परिवारलाई राजापुरस्थित नेपाल खाद्य संस्थानको गोदाम भवनमा सारिएको जिल्ला आपत्कालीन व्यवस्थापन कार्यालयका सूचना अधिकारी रुपन ज्ञवालीले बताए। बाँध कटान भई नदीको पानी गाउँमा पसेमा तीन वटा वडाका झण्डै तीन हजार घरपरिवार डुबानमा पर्ने खतरा छ।
कर्णालीमा जलस्तर ११ मिटर पार गरेपछि बाढी पस्ने जोखिम हुन्छ। पहाडी भेगमा वर्षा नरोकिएकाले जलस्तर बढ्ने अनुमान आपत्कालीन व्यवस्थापन कार्यालयले गरेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40