प्रहरी हिरासतमा पुरुषको मृत्युः एसपीको संयोजकत्वमा छानविन समिति गठन
2020/08/13, 11:52

कैलालीमा प्रहरी चौकी भित्र पुरुष मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रहरी उपरिक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । सुप सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक (एसपी) राजिप बस्नेतको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न छानविन समिति गठन गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बस्नेतको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । मंगलबार राती धनगढी उपमहानगरपालिका १४ फुलबारीमा सीमा प्रहरी चौकीले पक्राउ गरेका अमबरहादुर चन्दको मृत्यु भएको थियो ।
उनी चौकीको शौचालयमा लडेको अवस्थामा भेटिएको प्रहरीले बताउँदै आएको छ । तर चन्द घाटी रेटिएको अवस्थामा भेटिएको भन्दै परिवारले प्रहरीको भूमिकामाथि आशंका गरेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40