
आज अत्तरिया बजार बन्द गरिएको छ। अत्तरिया उद्योग वाणिज्य संघको आह्वानमा बजार बन्द गरिएको हो। गोदावरी नगरपालिका वडा नम्वर २ महेन्द्रनगर रोडमा रहेको न्यू उग्रतारा बिजुली भण्डारका सञ्चालक खेम साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका कारण शोकमा बजार बन्द गरिएको हो।

गोदावरी नगरपालिकाका सम्पूर्ण व्यापारीहरुलाई व्यापार व्यवसाय बन्द गर्न अनुरोध गरेको उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए। बिहिबार धनगढी–अत्तरिया ६ लेन सडकमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ का साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40