
कोरोना भाइरसको प्रभाव कम नभएपछि बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्ध भएको छ । सेप्टेम्बर ६ देखि १३ ताखिरसम्म हुने भनिएको प्रतियोगिताको यो सिजन कोरोनाका कारण रद्ध भएको हो ।

बेलायतमा कोरोनाको सङ्क्रमण कम नभएपछि आयोजकले प्रतियोगिता रद्ध भएको बताइएको छ । यसका साथै महिला तर्फ हुने टुर अफ योर्कसायर पनि रद्ध भएको छ । आयोजकले २०२१ को टुर अफ ब्रिटिस सेप्टेम्बर ५ देखि १२ सम्म हुनेछ । प्रतियोगिता रद्ध हुनुको अर्थ यो बर्ष बेलायतमा साईक्लिङका कुनैपनि खेल हुने छैनन् ।
२०१९ मा भएको यो रेसमा एक दशमलव पाँच मिलियन दर्शकले हेरेका थिए । यस पटक पनि समर्थक उपस्थित गराउन उचित नहुने भएपछि रेस नै स्थगित गरिएको हो । आयोजकले अब टिमहरुले अर्को सिजनका लागि तयारी गर्नुपर्ने बताएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/11, 1:06
2022/05/20, 5:30
2020/07/15, 6:56
2023/01/27, 12:43