
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले बाढी आएको झण्डै आधा महिनापछि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । साउन १४ गते आएको बाढीले पुर्याएको क्षतिका बारेमा बुझ्न जिल्लाको भजनी नगरपालिका सहितको क्षेत्रमा मुख्यमन्त्री भट्ट सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।

मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दिर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताए । उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । हुलाकी सडकको डिजाईन र रानीजमरा कुलरिया सिचाई आयोजनाका कारण समेत डुवान भईरहेको मुख्यमन्त्री भट्टको भनाई छ ।
साउन १४ गते आएको बाढीका कारण भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका ठुलो धनजनको क्षति पु¥याएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40