बयालपाटा अस्पतालमा एक जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । केहि दिन पहिले मात्र एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टी भएकोमा फेरी शुक्रबार प्राप्त रिपोर्ट अनुसार ३१ बर्सिय थप १ जना (पुरुष) कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले यस अघि नै आकस्मिक बाहेका सेवा बन्द गरेको थियो । आकस्मिक बाहेकका सेवा बन्दको निर्णय कायम रहेको अस्पतालले जनाएको छ। अर्को सुचना जारी नभए सम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।
जिल्लामा संक्रमणको जोखिम फेरी बढेको भन्दै सतर्क रहन समेत आग्रह गरिएको छ ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2025/01/10, 2:06
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/10/04, 12:26
2021/11/10, 6:31